कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)


कर्मचारी सञ्चय कोषले खुल्ला प्रतियोगीताद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ । सञ्चय कोष पुल्चोकद्वारा जारी सूचनामा ४१ जनाको दरखास्त माग गरिएको हो ।

परिक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने कोषले जनाएको छ । कोषले पाँचौँ तहदेखि आठौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्ग आवेदकले आज जेठ ३ गतेदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने छ । दोब्बर दस्तुरमा भने जेठ ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले कर्मचारी सञ्चय कोषको अनलाईन वेवसाइड www.epf.org.np बाट आवेदन दिन सक्नेछन् । अनलाइन फारम भर्दा कुनै समस्या आएमा ०१५०१०१३२ वा १०५०१०१७२ मा सम्पर्क गर्न पनि कोषले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।