नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत


नेपाल बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको २८ लाख ८१ हजार १८० कित्ता सेयर आज बुधबार नेप्सेमा सूचिकृत भएको हो ।

बैंकको पुस २९ गते शुक्रबार बसेको वार्षिक साधारण सभाले पारित गरेअनुसार चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको थियो । बुकक्लोज अनुसार पुस १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयधरनीहरुले मात्र बैंकको बोनस सेयर पाउन सक्ने छन् ।

यस्तै फरवार्ड माइक्रोफाइन्नास लघुवित्त वित्तिय संस्थाको २१ लाख ११ हजार १२७ हजार कित्ता सेयर सूचिकृत भएको छ । कम्पनीको चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।

बुधबार सुचीकृत दुबै कम्पनीको बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्वन्धित सेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा भएपछि धितापत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।