नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ५२ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा रहेको छ ।
यस्तै आज बिहीबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्री दर ८७ रुपैयाँ ८८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०९ पैसा र बिक्री दर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०७ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ २० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५ रुपैयाँ २३ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया