एफएनसिसिआईको सूचना तथा सञ्चार प्रविधि समिति सभापतिको जिम्मेवारी बेगानीलाई


नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा प्रविधि समितिको सभापतिको जिम्मेवारी कार्यकारिणी सदस्य शक्तिकुमार बेगानीले पाएका छन् ।

विभिन्न समितिलाई पूर्णता दिने क्रममा महासंघले बुधबार बेगानीलाई यस्तो जिम्मेवारी दिएको हो ।

महासंघ अध्यक्ष चन्द्र ढकालले सूचना तथा सञ्चार प्रविधि विकास समितिको जिम्मेवारी कार्यकारिणी सदस्य शक्तिकुमार बेगानीलाई दिएका हुन् ।

समितिको सभापतिको जिम्मेवारी लिँदै बेगानीले आफ्नो कार्यकालमा सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरिने बताएका थिए ।

महासंघ अध्यक्ष ढकालले सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै यसको प्रयोग सहित महासंघको छवि र प्रतिष्ठालाई सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरेका थिए ।

ज्वेलरीका क्षेत्रमा लगानी गरिरहेका बेगानी गणपति ज्वेलर्सका सञ्चालक हुन् ।

२ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका बेगानी एक दर्जनभन्दा बढी व्यवसायमा आबद्ध छन् ।

यस अघि बेगानी महासंघको बैंक फाइनान्स तथा इन्स्योरेन्स समितिको उपसभापति थिए ।

महासंघको पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु वस्नेत चयन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।