सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सूचीकृत

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार बैंकको चुक्ता पुँजीको ८.५३४ प्रतिशतले हुन आउने २५ लाख ६९ हजार २२० दशमलव ५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको चैत १७ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले पारित गरेको थियो । साधारण सभाका लागि बैंकले फागुन २८ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार फागुन २५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

बोनस सेयर सूचीकृत भएसँगै बोनस सेयर पाउन योग्य सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि उक्त बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।