नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको १ लाख ९६ हजार ८३३ कित्ता संस्थापक सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

आम सर्वसाधरणले भने यस पटकको लिलामीमा सेयर खरिद गर्न पाउने छैनन् । संस्थापक सेयरधनीबाट उक्त सेयर बिक्री नभएको खण्डमा सर्वसाधाणको लागि खुला गरिने छ ।

सेयर खरिद चाहनेले आज (जेठ ८) देखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।