सोमबार सुन-चाँदी कतिमा हुँदैछ कारोबार ?


सोमबार छापावाला सुनको भाउ स्थिर रहेको छ ।

आइतबार  ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ कायम भएको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यता सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९७७ दशमलव ९१ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।