अजोड इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर जारी गर्ने प्रस्ताव राखेर आगामी पुष ११ गते शुक्रबार दोस्रो बार्षिक सधारण सभा बोलाएको छ।

साधारण सभा लौनचौर ब्यांकेट काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । उक्त साधारण सभाले ३० लाख कित्ता शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले यसअघि नै एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । अजोड इन्स्योरेन्सको हाल अधिकृत पूँजी एक अर्ब जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ ।

यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.११ स्थित सि.टि.सि. मल सातौं तल्ला सुन्धारा, काठमाण्डौंमा रहेको छ ।

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ। यस अवधिमा कम्पनीले २० करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरि ५ करोड ३५ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।