अमेरिकी डलर लगायत यी मुद्राको भाउ बढ्यो


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यस्तै आज मंगलबार युरोको भाउ खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४३ रुपैयाँ २२ पैसा रहेको थियो ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८३ पैसा र बिक्री दर ८८ रुपैयाँ २३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७७ पैसा र बिक्री दर ८८ रुपैयाँ १७ पैसा रहेको थियो ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ ६१ पैसा र बिक्री दर १६५ रुपैयाँ ३६ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०७ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ २१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २६ पैसा र बिक्री दर ३५ रुपैयाँ ४२ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।