शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै आज शुक्रबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ६५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २४ पैसा र बिक्री दर ८६ रुपैयाँ ६३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २२ पैसा र बिक्री दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।