दुई दिनमा १५ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट कायमै


दुई दिनको अवधिमा छापावाला सुनको भाउमा १५ सय रुपैयाँले गिरावट आएको छ । विहीबार एक हजार रुपैयाँले घटेको छापावाला सुनको भाउमा आज पुन ५ सय रुपैयाँले गिरावट आएको हो ।

आज घटेसँगै छापावाला सुनको भाउ १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।  सुनको भाउ बिहीबार १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको तेजावी सुनको भाउ आज ५ सय रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । यता शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । बिहीबार १३ सय ५० रुपैयाँ कायम भएको चाँदी शुक्रबार ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४८ दशमलव १७ डलरमा कारोबार भइरहेको छ भने चाँदी २२ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।