शनिबार हाटखोला मैदान, विराटनगरमा एनसेल कन्सर्ट


चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतीका साथ एनसेल आजियाटा लिमिटेडले जेठ १३ गते शनिबार बिराटनगरस्थित हाटखोला मैदानमा कन्सर्टको आयोजना गर्दैछ । यसका लागि सम्पुणर् तयारी पुरा भएको एनसेलले जनाएको छ ।

कन्सर्टमा चर्चित कलाकारहरु तथा ब्याण्ड दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारी लगायतले प्रस्तुती दिनेछन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु भई बेलुका ८.३० बजेसम्म चल्ने छ ।

यस सांगीतिक कार्यक्रममा सहभागी हुन ईच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि टिकट लिन सक्छन् । त्यसैगरी कन्सर्ट हुने स्थान हाटखोला मैदानबाट पनि ग्राहकहरुले टिकट लिन सक्छन् ।

कार्यक्रममा सहभागी सबैको सेवा सुविधाकोलागि कार्यक्रम स्थलमा एनसेलको स्टल पनि रहने एनसेलले जनाएको छ ।

स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन् । यस कार्यक्रमले हाल बजार शिथिल देखिएको अवस्थामा व्यापार तथा व्यावसायलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास लिईएको छ ।

यस अघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।