एनएआईबिएल एस र मेगा क्यापिटल गाभिने, जेठ २९ गते एसजिएम

0
Shares

एनएआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट लिमिटेडले जेठ २९ गते विशेष साधारण सभा (एसजीएम) आह्वान गरेका छन् ।

एक आपसमा मर्जर प्रस्ताव पारित गर्न लागेका दुई क्यापिटलले एकैदिन एसजीएम आह्वान गरेका हुन् । दुई क्यापिटलका माउ कम्पनीहरु नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर भएपछि तीनका सहायक कम्पनीहरु प्नि एक हुने भएका हुन् ।

एनएआईबिएल एस क्यापिटलको जेठ १२ गते बसेको सञ्चालक समितिको १०६ औं बैठकले जेठ २९ गते सोमबार एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट, काठमाण्डौंमा एसजीएम बोलाउने निर्णय गरेको हो ।

यस्तै मेगा क्यापिटल मार्केट लिमिटेडको जेठ १२ गते बसेको ८८ औं सञ्चालक समितिको बैठकको निर्णयानुसार साधारण सभा जेष्ठ २९ गते सोमबार होटल क्राउन इम्पेरियल, रविभवन, काठमाण्डौंमा डाकिएको छ ।

दुबैको सभा जेठ २९ गते सोमबार ४ः३० बजे डाकिएको छ ।

दुबैले एसजिएम मार्फत दुई सहायक कम्पनीहरुले एक आपसमा मर्जरको लागि अन्तिम स्वीकृती प्रदान गर्नेछन् । जसअनुसार सेयर आदान प्रदान अनुपात १ः१ मा प्राप्ति कार्यलाई अन्तिम स्वीकृत प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछन् ।

दुबैको सभाले एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने (एक्विजिसन) सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै मर्जर तथा प्राप्तीका लागि आवश्यक अन्य कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एसजीएममा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।