निभ सेक्युरिजको दोस्रो शाखा सर्लाहीको हरिवनमा


स्टक ब्रोकर नम्बर ४७, निभ सेक्युरिटिजले सर्लाहीको हरिवनमा दोस्रो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

सर्लाहीबाट सेयर कारोबार गर्न चाहने लगानीकर्तालाई लक्षित गर्दै हरिवन नगरपालिका वडा नं ११ मा शाखा बिस्तार गरिएको निभ सेक्युरिटिजले जनाएको छ ।

काठमाण्डौंको कमलादीमा मुखय कार्यालय रहेको ब्रोकर नं ४७, निभ सेक्युरिटिजले नेपाल धितो पत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जको अनुमतिमा उक्त शाखा बिस्तार गरिएको कम्पनीले जनाएको छ ।

जेठ ४ गतेदेखि सेवा दिन थालेको कम्पनीले १४ गते औपचारिक रुपमा कार्यालयको उद्घाटन गरेको हो । हरिवन नगरपालिकाका प्रमुख रमेश कुमार वुढाथोकीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

सर्लाहीमा बिस्तारित ब्रोकर शाखाले जिल्लाको लालवन्दी, नवलपुर, नयारोड, वरहथवा, वाग्मती लगायत क्षेत्रका ग्राहकहरुलाई शेयर कारोवार गर्न सहज हुने तथा शेयर कारोवारवाट लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।

यस अघि निभले सुनसरीको इटहरीमा शाखा सञ्चालन गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।