सोमबार अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

यस्तै आज सोमबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ३९ पैसा र बिक्री दर १४२ रुपैयाँ ०३ पैसा रहेको छ । आइतबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको थियो । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९२ पैसा र बिक्री दर ८६ रुपैयाँ ३१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १६३ रुपैयाँ ४८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६५ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १५ पैसा र बिक्री दर ३५ रुपैयाँ ३१ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।