जाल्पा सामुदायिक लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज मिति


जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले सााधरण सभा आह्वान गरेको छ ।

लघुवित्तको जेठ १४ गते आइतबार बसेको ९८ औं बैठकले सभा आह्वान गरेको हो । कम्पनीले द स्टार होटल तिलोत्तमा रुपन्देहीमा असार ४ गते सोमबार सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी सोह्र करोडको १४.२५ प्रतिशतले हुन आउने रकमको बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।

वित्तीय संस्थाको जारी पुँजी र चुक्ता पुँजीमा बृद्धि गर्ने र सो बमोजिम वित्तीय संस्थाको प्रबन्धपत्र, २०७५ को दफा ६(ख) र ६ (ग) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।

यस्तै सभाले अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८\७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गन गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७९\८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।
वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २३ गते बुक क्लोज रहने भएकोले जेठ २२ गते सोमबारसम्म कायम सेयरधनीहरु सभामा भाग लिन योग्य हुने छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।