स्रोत साधनको प्रभावकारी एवंम परिणाममूखी परिचालनमा केन्द्रीत बजेट

0
Shares

सरकारले आर्थिक वर्ष २०८०/२०८१ को बजेटलाई स्रोतको प्रभावकारी र परिणाममूखी परिचालन गर्न जोड दिएको छ । संघिय संसदको संयुक्त बैठकमा आर्थमन्त्री डा. प्रकश शरण महतले प्रस्तुत गरेको बजेट अनुसार चुनौति पूर्ण अर्थतन्त्रलाई गतिशिल बनाउनमा बजेट उन्मूख रहेको हो ।

चालु आर्थिक वर्षमा सरकारलाई चालु खर्चका लागि समेत स्रोत अभावको समस्या देखियो । त्यसले सरकारी वित्त स्थितीमा समेत असन्तुलन देखियो । वित्त असन्तुलनको समस्या आगामी दिनमा दोहोरीन नदिन स्रोतको परिचालन परिणाममूखी बनाउने गरी बजेट तयार गरेको अर्थमन्त्री महतको भनाई छ ।

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या एवम चुनौतिलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गति प्रदान गर्नेमा केन्द्रीत रहेको छ । त्यसैगरी आगामी आवको बजेटले निजी क्षेत्रको मनोबल उच्च बनाउने समेत मन्त्री महतको दावी छ ।

उच्च दिगो एवम फराकिलो आर्थिक वृद्धि सहितका सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित गरेको मन्त्री महतले बताए । “आम जनताको विकास र समृद्धिको चाहानालाइ सम्बोधन गर्ने गरी बजेट ल्याएको छु,” मन्त्री महतले भने,“सिमान्ती कृत र पिछडिएका परेका वर्ग क्षेत्र लिङग र समुदायलाइ आर्थिक लाभको पहुँचमा पुर्याउने तर्फ बजेट तथा कार्यक्रम लक्षित गरेको छु ।”

आगामी आर्थिक वर्षको बजेट समृद्धि, सुसासन र सामाजिक न्याय कायम गर्न लक्षित हुने उनको भनाई छ । मन्त्री महतले आगामी आवको बजेटमा प्रतिस्र्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवद्र्धन गर्ने बताए ।

डिजिटल र हरित अर्थतन्त्रको विकास गर्ने तथा युवालाई स्वेदश भित्रै आर्थिक गतिविधिमा आवद्ध हुन अभिप्रेरीत गर्ने गरी आगामी आवको बजेट तयार गरेको मन्त्री महतको भनाई छ ।

मन्त्री महतले आफ्नो पहिलो बजेट मार्फत गरीवी न्यूनीकरण गर्ने उद्यमशिलता विकास गर्ने योजना लिएका छन् । उनले सार्वजनिक सम्पत्तिको जगेर्ना गर्ने तथा स्रोत साधनको प्रभावकारी एवम परिणाम मूखी परिचालन गर्ने दिशामा बजेट निर्देशित रहेको उनको भनाई छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।