खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा


सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका हुन् ।

यस्तै, सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।

सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको हो ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।