सिटिजन्स बैंकको ११ लाख संस्थापक सेयर बिक्रीमा


सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

सेयरको न्युनतम मूल्य १३५ रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् ।

बैंकले संस्थापक समूहको सेयर खरिद\बिक्री गर्दा संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पहिलो प्राथमिकता संस्थापकलाई नै दिएको हो ।

यसरी बिक्री खुला गर्दा खरिद बिक्री हुन नसकेको अवस्थामा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । इच्छुक संस्थापकहरुले आज जेठ १७ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्ने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।