पुँजीगत लाभ करलाई अन्तिम कर कायम गर्न सेयर लगानीकर्ताको माग

0
Shares

सेयर बजारमा क्रियाशिल लगानीकर्ताहरुको संगठनहरुले श्रोतमा कट्टी गरिएको पूँजीगत लाभ करलाई अन्तिम कर कायम गर्न माग गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित कर सम्बन्धी व्यवस्था प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था आन्तरिक राजश्व विभागको निर्देशन विपरित रहेको समेत जनाएका छन् ।

राजश्व विभागले २०७७ असार ५ गते नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्र बमोजिम धितोपत्रको कारोबारमा हुने पूँजीगत लाभमा अग्रीम कर असुलीको विवरण तथा विद्युतीय कर प्रणाली मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृति व्यक्तिले आफुलाई पाएक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिनसक्ने निर्देशन दिएको थियो । उनीहरुले बजेट मार्फत गरिएको नयाँ व्यवस्था आन्तरिक राजश्व विभागको निर्देशन विपरित रहेको जनाएका हुन् ।

हालसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्फत गरिएको कारोबार व्यवसायको रूपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनुपर्ने शीर्षकमा नरहेको लगानीकर्ता संघहरुले भनाई छ ।

सेयर बजारका लगानीकर्ताहरुले व्यक्तिगत लगानीकर्ताबाट अल्पकालीन रुपमा ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताहरुले ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् । यस्तो व्यवस्था नभएको खण्डमा सेयर बजारका लाखौ लगानीकर्ताहरु आन्दोलनमा उत्रन बाध्य हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।