थ्रीस्टार हाईड्रोपावरको आईपीओ बाँडफाँड

0
Shares

थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम जेठ १६ गते मंगलबार बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडका अनुसार रीतपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७ हजार ३८७ जना आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । जसमा ७ हजार ३८७ जनाले १० कित्ताका दरले ७३ हजार ८७० कित्ता र बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको हो । सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले बैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी सम्पूर्ण कित्ता सेयर जेठ १६ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म बिक्रीमा ल्याएको ४ लाख ९२ हजार ५०० कित्ता सेयर भने बाँडफाँड हुन बाँकी नै रहेको छ । स्थानीयमा जारी सेयर बाँडफाँडपछि कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्नेछ ।

कम्पनीले खोटाङ जिल्लामा ६.६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रूपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।