एशियन लाईफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ब्याज छूट घोषणा

0
Shares

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा शत प्रतिशतसम्म ब्याज छूट दिने भएको छ ।

इन्स्योरेन्स कम्पनीले जेठ १७ गतेदेखि असार २५ गतेसम्म उक्त बीमालेखहरू पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म छूट दिने जनाएको हो ।

कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेको कारण जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरूमा ब्याज छूट प्रदान गरिने कम्पनीले जनाएको छ । जसमा २ देखि ५ वर्षभन्दा कम अवधिको लागि २५ प्रतिशत, ५ देखि १० वर्षभन्दा कम अवधिको लागि ५० प्रतिशत र १० वर्षदेखि माथि अवधिको लागि १०० प्रतिशत छूट प्रदान गरिने कम्पनीको भनाई छ ।

तर दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएका अवस्थामा कुनै पनि ब्याज छूट प्रदान नगरिने र २०७८ असार २३ पश्चात् एकपटक ब्याज छूट लिइसकेका बीमितहरूलाई पुनः ब्याज छुट नदिइने एशियन लाइफले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।