नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनी विमला देवी अग्रवालको नाममा रहेको ७६ हजार ६७७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । बैंकको उक्त सेयरमा अन्य व्यक्ति, कम्पनी वा संस्थाले आवेदन दिन नपाउने बैंकले जनाएको छ । इच्छुक सेयरधनीले आज जेठ १९ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा सम्पर्क गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया