सञ्चालनमा रहेका १५ निर्जीवन बीमा कम्पनीहरुले बैशाख महीनामा मात्रै २ अर्ब ६७ करोड ४७ लाख ७० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
बैशाखमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले सबैभन्दा धेरै २९ करोड ७० लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ । समग्रमा शीर्ष स्थानमा रहेको शिखर इन्स्योरेन्सले २७ करोड २० लाख ९६ हजार रुपैयाँ बीमाशुल्क संकलन गर्दा अजोड इन्स्योरेन्सले २६ करोड ९३ लाख ७९ हजार रुपैयाँ संकलन गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले (सलिको) ले २४ करोड ९४ लाख ७१ हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २३ करोड ५४ लाख १७ हजार रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले २० करोड २२ लाख ४३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
निर्जीवन बीमाको बीमाशुल्क पौने ५ प्रतिशत बढ्यो, पाँच कम्पनीको घट्यो
यसैगरी बैशाखमा नेको इन्स्योरेन्सले १९ करोड ६२ लाख ३९ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ करोड ५५ लाख ८ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १७ करोड ६७ लाख ९९ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १६ करोड ५८ लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणको तथ्याङ्क अनुसार नेपाल इन्स्योरेन्स कम्पनीले १२ करोड ७ लाख ४७ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ११ करोड ६१ लाख ४५ हजार रुपैयाँ, दी ओरियन्टल इन्स्योरेन्सले ८ करोड ६९ लाख १६ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६ करोड ९ लाख ४४ हजार रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ करोड ९९ लाख ५१ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया