युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड बिहीबार हुँदै

0
Shares

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री गरेको थप नयाँ सार्वजनिक निष्कासन (एफपीओ) जेठ २५ गते बिहीबार बाँडफाँड हुँदैछ । लघुवित्तको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे एफपीओ बाँडफाँड गर्ने कार्यतालिका बनाईएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको एफपीओ गोलाप्रथाबाट ३७ हजार ९४२ जनाले प्राप्त गर्नेछन् । जसमा ३७ हजार ९४२ जनालाई १० कित्ताका दरले ३ लाख ७९ हजार ४२० कित्ता सेयर बाँडफाँड हुनेछ । यसरी बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता सेयर गोलाप्रथाबाट सेयर प्राप्त गर्नेमध्ये पुनः गोलाप्रथा गरी तीमध्ये पाँच जनालाई थप १-१ कित्ताका दरले बाँडफाँड हुनेछ ।

कम्पनीले जेठ ११ देखि १६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । जसमा अन्तिम दिनसम्ममा १४ लाख ४ हजार ७ जना वटा आवेदन मार्फत १ करोड ६३ लाख ३ हजार २० कित्ताका लागि आवेदन परेको छ ।

साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भएपछि संस्थापक साधारण सेयर स्वाप रेसियो अनुपात मिलान गर्न कम्पनीले एफपीओ जारी गरेको हो । हाल कम्पनीमा संस्थापकतर्फ ९४.०१ प्रतिशत र सर्वसाधारणतर्फ ५.९९ प्रतिशत मात्र सेयर स्वामित्व रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गनुपर्ने हुन्छ । सोही अनुसार साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी नगरेकाले लघुवित्तले सो अनुपात मिलान गर्न एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि कम्पनीमा सर्वसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।