रिडी पावरको एसजीएम असार ८ गते, ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्ने

0
Shares

रिडी पावर कम्पनी लिमिटेडले असार ८ गते इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न एसजीएम आह्वान गरेको हो । कम्पनीको जेठ २२ गतेको सञ्चालक समिति बैठकले उक्त मितिमा सभा बोलाउने निणर्य गरेको हो ।

यस्तै कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद सेयरबाट संकलन हुने रकम उपयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले चुक्ता पुँजी ५८ करोड ५५ लाख ५८ हजारको १० बराबर ५ कित्ता अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ ।

हकप्रद सेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

जलविद्युत निकायको विद्युत् नियमन आयोगले वैशाख ३ गते कम्पनीलाई हकप्रद जारी गर्न अनुमति प्रदान गरेको थियो ।अब वार्षिक साधारण सभाबाट पारित गरेपछि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ । बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै उक्त हकप्रद बिक्रीमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।