पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्स्योरेन्सलाई २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसाका दरले १ करोड २० लाख कित्ता सेयर बिक्रीका लागि मंगलबार अनुमति दिएको हो ।
कम्पनीले आफ्ना कर्मचारीहरुका लागि अंकित मूल्यमा नै ६ लाख कित्ता सेयर बिक्री गर्नेछ । आम सर्वसाधारणका लागि भने प्रिमियम सहितको मूल्यमा आवेदन खुला हुनेछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया