अपर लोहरे हाइड्रोपावरलाई सेबोनले दियो २५ लाख कित्ता आईपीओ अनुमति

0
Shares

अपर लोहरे हाइड्रोपावरले २४ लाख ९८ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  पुँजी बजारको नियामक निकाय बोर्डले आईपीओ बिक्रीका लागि मंगलबार अनुमति दिएको हो ।

अपर लोहरे हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाहरुका लागि सहित कुल लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीमा हाल जारी पुँजीको ५१ प्रतिशत बराबरको २६ करोड रुपैयाँ बराबरको संस्थापक लगानी रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।