चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

0
Shares

विश्व बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।

विश्व बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्सिले यस आर्थिक वर्षका लागि ४.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।

नेपाल सरकारले गरेको आर्थिक वृद्धिदरको अनुमानभन्दा विश्व बैंकले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर उच्च हो । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवका लागि २.१६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरेको छ ।

यसअघि गत जनवरीमा विश्व बैंकले यो वर्षका लागि ५.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेकोमा अहिले त्यसलाई १ प्रतिशत बिन्दूले घटाएको हो ।
आगामी आवमा भने विश्वबैंकले ४.९ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान छ । नेपाल सरकारले भने आगामी बर्षको बजेट मार्फत सो आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरेको छ ।

विश्व बैंकका अनुसार चालु आवमा दक्षिण एसियामा भारतको सबैभन्दा धेरै ७.२ प्रतिशतको अनुमान गरिएको छ । माल्दिभ्सको ६.६ प्रतिशत,बंगलादेशको ५.२ प्रतिशत, भुटानको ४.५ प्रतिशत र पाकिस्तानको ०.४ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरिएको छ । श्रीलंकाको आर्थिक वृद्धि भने –४.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकले चालु आवमा विश्वको औसत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान विश्व बैंकको छ । आगामी आर्थिक वर्ष २.४ प्रतिशत पुग्ने प्रक्षेपण छ । गत आवमा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।