रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड कसले कति पाए ?

0
Shares

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ जेठ २४ गते बुधबार बाँडफाँड भएको छ ।

गत वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओ बुधबार बिहान ९ बजे बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्समा बाँडफाँड गरिएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा अधिकतम ३० कित्तासम्म हात पारेका छन् । क्यापिटलका अनुसार २० कित्तासम्म माग गरेका लगानीकर्ताले माग अनुसार नै सेयर प्राप्त गरेका छन् । यस्तै ३० कित्तादेखि ५०० कित्तासम्म आवेदन गरेका योग्य १२ हजार १११ जनामध्ये ६ हजार १५० जनाले मात्रै ३० कित्ता कित्ता सेयर हात पारेका छन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको थियो । आईपीओमा वैदेशिक रोजगारीमा रहेका २० हजार ७९१ नेपाली श्रमिकबाट कुल ६ लाख ८८ हजार ३७० कित्ताखरिदको माग परेको थियो । जसमध्ये ६ वटा आवेदनबाट परेको २२० कित्ताको माग रद्द भएको थियो भने २० हजार ७८५ आवेदनबाट परेको ६ लाख ८८ हजार १५० कित्ता सेयरको माग सदर भएको थियो ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार यस्तो छ बाँडफाँडको विवरणः–

३० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने ६ हजार १५० आवेदकलाई १ लाख ८४ हजार ५०० कित्ता

बीस कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने १० हजार ४४५ जनालाई २० कित्ताका दरले २ लाख ८ हजार ९०० कित्ता

दश कित्ताका लागि आवेदन दिने ४ हजार १९० जनालाई १० कित्ताका दरले ४१ हजार ९०० कित्ता

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।