सार्वजनिक खरिद कार्यालयले १६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै

0
Shares

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण ठेक्का लिएर समयमा नै काम पूरा नगर्ने १६ ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

कार्यालयले सार्वजनिक संस्थाहरूले कालो सूचीमा राख्न सिफारिस गरेका ती कम्पनीहरुलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण मागेपनि समयभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागेको हो । उक्त समयभित्र पनि चित्तबुझ्दो स्पष्टीकरण नआए ती ठेकदार कम्पनी र एक आपूर्तिकर्तालाई कालोसूचीमा राख्नेछ ।

कार्यालयले सन्तोषजनक काम नभएका राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा चितवन, राजा बहादुर झा नेतृत्वको नव निर्माण विल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिषेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन प्रालि चितवन, राजु पोखरेल नेतृत्वको ब्लुवर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन भक्तपुर र मिलन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौंलाई स्पष्टिकरण सोधेको हो ।

यस्तै बबिन्द्र विक्रम बुढाथोकी नेतृत्वको बुढाथोकी निर्माण सेवा पाँचथर, शेरबहादुर लिम्बु नेतृत्वको माबोहाङ्ग निर्माण सेवा ताप्लेजुङ, शोभा न्यौपाने नेतृत्वको समृद्ध निर्माण सेवा चितवन, डिल्लीराम तिवारी नेतृत्वको जय भगवती निर्माण सेवा चितवन, सुरज कुमार शाही नेतृत्वको शुभम् कन्स्ट्रक्सन चितवनसँग पनि स्पष्टीकरण सोधिएको छ ।

यस्तैगरी, लक्ष्मण पाण्डेय नेतृत्वको त्रिवेणी निर्माण सेवा कास्की, सुदिप श्रेष्ठ नेतृत्वको एस कन्स्ट्रक्सन चौतारा, कुलबहादुर श्रेष्ठ नेतृत्वको बी के बी कन्स्ट्रक्सन एण्ड सप्लायर्स सिन्धुली, दिपेन्द्र बहादुर शाही नेतृत्वको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि नयाँबानेश्वर, ध्रुव प्रसाद न्यौपाने नेतृत्वको चेतना कन्स्ट्रक्सन प्रालि र युकेएन कन्स्ट्रक्सन प्रालि ललितपुर तथा विनीत जोशी नेतृत्वको जोशी विज हाउस प्रालि नयाँ बानेश्वरसँग पनि स्पष्टीकरण माग गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।