आशा र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई राष्ट्र बैंकद्वारा सैद्दान्तिक सहमति

0
Shares

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीचको भएको गाभ्ने गाभिने (प्राप्ति) सम्बन्धी सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ ।

गत चैत २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका दुई लघुवित्त संस्थालाई नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि २०८० जेठ २३ गते मंगलबार सैद्दान्तिक सहमति दिएको हो ।

दुई लघुवित्तबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई संस्था गाभिएपछि बन्ने संस्थाको नाम राष्ट्र आशा लघुवित्त र प्रमुख कार्यकारी अधिकृत राष्ट्र उत्थान लघुवित्तबाट रहेन समहति छ । मर्जरपछि संस्थाको केन्द्रिय कार्यालय राष्ट्र उत्थानको कार्यालय नै हुने संस्थालकमा दुवै संस्थाको संस्थापक सेयरधनीबाट २–२ जना रहने सहमति छ ।

हाल आशा लघुवित्तको ३८ करोड १६ लाख रुपैयाँ र राष्ट्र उत्थानको २६ करोड रुपैयाँ चुक्ता पुँजी छ । यदि दुई संस्था एक बराबर एकको अनुपातमा मर्जर भएमा चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ नाघ्ने छ ।

आशा लघुवित्तको रजिष्टार्ड (केन्द्रीय) कार्यालय नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नम्बर ६, मदानपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर १३ साँगामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।