ब्याजदर नबढाउने फेडको संकेतले एशियाली सेयरबजारमा हरियाली

0
Shares

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)ले जुन महिनामा ब्याजदर नबढाउने संकेत दिएपछि लगानीकर्ताको मनोबल उच्च हुँदा एशियाली सेयरबजारमा हरियाली छाएको छ ।

आक्रामक शैलीमा ब्याजदर बढाउँदै आएका फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर बढाउने शिलशिला तत्कालका लागि बन्द गर्ने संकेत गरेपछि लगानीकर्ता हर्षित हुँदा सेयरबजार बढेको हो ।

एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक–एमएससीआई आज ०.६ प्रतिशत विन्दुले बढेर फेब्रुअरी १६ यताकै उच्च विन्दुमा पुगेको हो । यस्तै जापानी सेयर सूचांक निकेई समेत १.६६ प्रतिशतले बढेको हो ।

हङकङको सेयर सूचांक ह््याङस्याङमा आज ०.२१ प्रतिशतको वृद्धि भएको छ । यस्तै चिनियाँ ब्लु चिप्स सेयर सूचांक ०.१ प्रतिशतको सकरात्मक सुधार देखिएको हो ।

फेडको उक्त संकेतपछि अमेरिकी सेयरबजारमा समेत उत्साह देखिएको हो । अमेरिकी टेक सेयर सूचांक–नास्डाक् आज १.२७ प्रतिशतले बढेको छ । एस एन्ड पी ५०० सेयर सूचांकमा ०.६२ प्रतिशतको वृद्धि देखिएको छ ।

सेयरबजारमा भएको वृद्धिका कारण अमेरिकी ट्रेजरी बिल्स, अष्ट्रेलियन ट्रेजरी बिल्सको मूल्यमा भने गिरावट आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।