सिटि होटलको सेयर कारोबार तल्लो रेञ्जबाट खुल्यो

0
Shares

सिटि होटलको पहिलो कारोबार तल्लो रेञ्जबाट धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

होटलको सेयर जेठ २८ गते आइतबार स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रतिकित्ता १११ रुपैयाँ १० पैसाका दरले १० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री भएको हो । होटलको १० कित्ता सेयर १११ रुपैयाँ १० पैसाका दरले १ हजार १११ रुपैयाँमा खरिद बिक्री भएको हो । सिटि होटलको सेयर स्टक सिम्बोल सीआईटीवाई (CITY) मा कारोबारमा आएको हो ।

नेप्सेले होटलको सेयर कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । अधिकतम २६३ रुपैयाँसम्ममा कारोबार सुरु हुनसक्ने भएपनि होटलको सेयर तल्लो रेञ्जबाटै सुरु भएको हो । उसो त कम्पनीको नेटवर्थ पनि अंकित मूल्यभन्दा १३ रुपैयाँ तल रहेको छ । आगामी दिनमा बजारमा हुने माग र आपूर्तिका आधारमा होटलको मूल्य निर्धारण हुँदै जानेछ ।

होटलले जेठ २५ गते बिहीबार प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको थियो । होटलले सर्वसाधारण, वैदेशिक रोजगारीमा गएका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषको लागि निष्कासन गरेको कुल १६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ५० लाख ६६ हजार कित्ता गरेर कुल १ करोड ६७ लाख ४० हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

त्यस्तै कम्पनीले सेयर सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्सालबाट हुने जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।