सहकारी समस्या समाधानका लागि योजना आयोगका सदस्य राउतको संयोजकत्वमा कार्यदल गठन

0
Shares

सरकारले सहकारी समस्या समाधानका लागि डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदललाई सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा दिइएको छ ।

कार्यदलले सहकारीमा देखिएको वर्तमान समस्या पहिचान गर्ने र समस्या समाधानका लागि नीतिगत तथा कार्यान्वयन तहमा सुधार गर्न सक्ने कार्ययोजना सहितको सुझाव पेस गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।