“भविष्यको निर्माणः भेटायोको प्राविधिक निर्माणमा उन्नति र विकास” ७० लाखमा साढे दुई तले घर

0
Shares

घरायसी काममा आधारित सेवा प्रदायक कम्पनी भेटायोले आफ्नो सेवामा भवन निर्माणको काम सुरुवात गरेको छ । दक्ष प्रविधिकहरु र प्रविधिको प्रयोग गरी भेटायोले संरचनात्मक डिजाइनदेखि सम्पूर्ण निर्माण तथा सरसफाईसम्मको काम पनि गर्ने भएको छ ।

“भविष्यको निर्माणः भेटायोको प्राविधिक निर्माणमा उन्नति र विकास” नाराकासाथ अब मात्र ७० लाखमा साढे दुई तले घर बनाउने भएको हो । भेटायोले लगातार नयाँ प्रविधिको प्रयोग गर्दै उच्च कोटीको संरचनात्मक कामहरु गर्ने र प्रयोगकर्ताहरूलाई सुलभ मूल्यमा ग्राहकहरूको मागलाई पूरा गर्ने बताएको छ ।

सत्तरी लाख रुपैयाँमा निर्माण गरिने घर २ हजार वर्ग फुटमा निर्माण हुनेछ । जसमा साइट सर्वेक्षण, डिजाइन, संरचनात्मक विश्लेषण, लागत अनुमान, परियोजना सुपरिवेक्षण र हस्तान्तरण पनि भेटायोले गर्नेछ । साथै घर निर्माणका लागि आरसिसि, स्टील्स, हाइब्रिड (नवीनतम प्रविधि) जस्ता सामग्रीका उपयोग गरिने कम्पनीले जनाएको छ । घर पेन्ट गर्ने र ग्रेनाइट र टाइल भान्छा तथा बाथरूम बिछाउने काम पनि भेटायोले नै गर्ने जनाइएको छ ।

एकीकृत डिजाइन–निर्माणको दृष्टिकोण, उन्नत योजना व्यवस्थापन, दिगोपन तथा प्राविधिक विकास भेटायोलाई रोज्ने प्रमुख आधार रहेको कम्पनीले जनाएको छ ।

भेटायोले आफ्नो ग्राउण्ड ब्रेकिंग निर्माण सेवाहरू सुचारु गरेकोमा उत्साहित महसुस गरेोक बताएको छ । डिजाइन, प्रविधि, र दिगोपनका कामहरुमा राम्रो नतिजा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । भेटायोको निर्माण सेवाहरू काठमाडौं उपत्यकाभित्रका ग्राहकहरूका लागि उपलब्ध छ । ग्राहकहरूसँग सहकार्य गर्न र तिनीहरूको निर्माणको सपनालाई साकार पार्न हातेमालो गर्ने कम्पनीले जनाएको छ ।

परियोजनाको बारेमा छलफल गर्न तथा थप जानकारी लिन भेटायोको वेवसाइट तथा एप डाउनलोड गरेर तथा कार्यालयको नम्बर ९८०१०८८०८० मा पनि सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।