इप्पान नेतृत्वका लागि गणेश कार्की प्यानलको उम्मेदवारी घोषणा, यस्ता छन् अनुहार


स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी गणेश कार्की नेतृत्वको समुहले प्यानल घोषणा गरेको छ ।

सोमबार राजधानीमा एक कार्यक्रम गरी कार्की समुहबाट विभिन्न पदका प्रत्यासीहरु सहित प्यानल घोषणा भएको हो । प्यानलमा अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी उम्मेदवार बनेका छन् । डाँगीले यस अघि अध्यक्षमा उठ्ने तयारी गरे पनि अन्तिममा कर्काीलाई सघाउँदै वरिष्ठमा उम्मेदवारी दिएका हुन् ।

इप्पान उपाध्यक्षका लागि प्यानलबाट उम्मेदवारी घोषणा गरेका पाँच जनामा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम व्लोन लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरि महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलालले उम्मेदवारी घोषणा गरेका छन् । संस्थाको विधानले ५ जना सचिव पदको व्यवस्था गरिएकोमा कार्की प्यानलबाट भरत खड्का, विक्रम बिष्ट, कविता पोखरेल र भरत नेपालले उम्मेदवारी घोषणा गरेका छन् । संस्थाको कोषाध्यक्षमा कार्की प्यानलबाट नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा भएको छ ।

सदस्य पदका लागि पनि केही उम्मेदवारहरु तयार गरे पनि सबैलाई पूणर्ता दिएर प्यानल झनै ठुलो बनाउने समुहको तयारी छ ।

इप्पानको नयाँ नेतृत्वका लागि मंगलबार मनोनय दर्ता हुँदैछ भने बुधबार निर्वाचन हुने कार्यक्रम छ । ३ वर्षे कार्यकालका लागि २५ सदस्यीय कार्यसमिति रहने व्यवस्था इप्पानको संशोधित विधानले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।