टान र चौरी देउराली गाउँपालिकाबीच दिगो पर्यटन प्रवर्द्धनका लागि सम्झौता

0
Shares

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र काभ्रेको चौरी देउराली गाउँपालिकाबीच सो गाउँपालिका क्षेत्रको दिगो पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार दिगो पर्यटन गुरु योजना तयार गरी ट्रेलर रुटमा आधारित ५०० वटा प्रवद्र्धनात्मक नक्सा डिजाइन र उत्पादन गरिनेछ । उक्त कामका लागि गाउँपालिकाले कुल १० लाख नेपाली रुपैयाँ लगानी गर्नेछ । यस्तै टानले उक्त क्षेत्रमा गतिविधिहरू सम्पन्न गर्नका लागि ५ लाख रुपैयाँ साझेदारी लगानी गर्नेछ ।

गाउँपालिकाको रणनीतिक स्थान पद्मसम्भव पवित्र ध्यान मार्गमा पर्ने(गुरु रिन्पोछे), फर्पिङ (आसुवा गुफा), पर्यटन विकासको सम्भावनालाई उल्लेखनीय रूपमा बढाएका तेमाल–सैलुङ–माराटिका (हलेसी) पनि यसै क्षेत्रमा रहेकोे छ । पूर्वको ६ ऐतिहासिक गुम्बाहरू मध्ये दुई र अर्को पर्यटकीय अनुभव दिने सुनकोशी नदीमा साहसिक र्याफ्टिङ प्रवद्र्धन गर्ने पनि योजनामा समावेश छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।