राष्ट्र उत्थान लघुवित्तले मर्जर प्रस्ताव पारित गर्दै, असार १६ मा एजीएम

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १६ गते आह्वान गरेको चौथो वार्षिक साधारण सभाबाट आशा लघुवित्तसँगको मर्जर प्रस्ताव र सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) पारित गर्ने भएको छ ।

होटल अरनिको धुलिखेल, काभ्रेपलाञ्चोकमा अपराह्न १ बजे सुरु हुने सभाले राष्ट्र उत्थान र आशा लघुवित्तबीचको मर्जर प्रक्रियामा हालसम्म भएको सहमति र सम्झौता अनुमोदन गर्नेछ ।

यस्तै मर्जर प्रयोजनका लागि तय भएको १ः१ शेयर स्वाप रेसियो अनुमोदन गर्ने, मर्जरपछि ‘राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्ने र केन्द्रीय कार्यालय काभ्रेको बनेपा(१३ साँगामा रहने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यस्तै सभाले संस्थाको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँबाट वृद्धि गरी २६ करोड रुपैयाँ र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेछ ।

लघुवित्त कम्पनीले साधारण सभा प्रयोजनको लागि असार ५ गते मंगलबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोजका आधारमा असार ४ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरु मात्र चौथो वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।