नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा असार १९ गते हुने, छैन लाभांश

0
Shares

नारायणी डेभलपमेन्ट बैंकले आगामी असार असार १९ गते मंगलबार २१ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको सोमबार जेठ २९ गते सोमबार बसेको बैठकले चितवनको सौराहास्थित होटेल मोनालिसामा बिहान ११ः१३० बजे सभा बोलाएको हो ।

उक्त वार्षिक सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकताअनुसार तथा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, सुझाव भएमा सोहीअनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन सभाले स्वीकृति दिनेछ । यस्तै सभाबाट सञ्चालकहरुको मनोनयन र निर्वाचन पनि हुनेछ । आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि असार १० गते आइतबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार असार ७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।