लोक सेवा आयोगले माग्यो २४७ कर्मचारी, ८ पास गरेकालाई पनि अवसर


लोक सेवा आयोगले नेपाल वन सेवाका श्रेणीविहीन पदहरुका लागी दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै ८ पास गरेकाले आवेदन दिन पाउने गरी २४७ कर्मचारी आह्वान गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिने छ । दोब्बर दस्तुरमा भने असार २६ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रत्येक विज्ञापनका लागि २ सय रुपैयाँ दरखास्त दस्तुर बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि एक सय रुपैयाँ थप दस्तुर बुझाउनु पर्नेछ ।

उम्मेदवार असार १९ गतेसम्म १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । वन रक्षक, वन सेवा, जनरल फरेष्ट्री समूह र गेम स्काउट, वन सेवा, नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूहका लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट आठ कक्षा उत्तीर्ण गरी शारीरिक तन्दुरुस्त भएको हुनुपर्नेछ । माहुत, वन सेवा, हात्तीसार समूहका लागी साधारण लेखपढ गर्न जान्ने स्वास्थ्य तन्दुरुस्त भई रुख चढ्न सक्ने र हात्ती हाँक्न जान्ने हुनुपर्ने सूचनामा जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।