नेप्सेमा ६ लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार ५ लाख ९४ हजार ४६३ दशमलव १८१६ कित्ता सेयर सूचीकृत भएको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर बुधबार सुचीकृत भएको हो ।

बुधबार सुचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

कम्पनीको २०७९ चैत २९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो । साधारण सभाका लागि कम्पनीले चैत १६ गते बुकक्लोज गरेकाले चैत १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र बुधबार सुचीकृत भएको बोनस सेयर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।