सेयर बजारमा दैनिक कारोबार रकम ५ अर्ब नाघ्यो

0
Shares

सेयर बजारमा दैनिक कारोबार रकम बुधबार ५ अर्ब नाघेको छ । सेयर बजारमा लगातारको सात कारोबार दिनमा आएको वृद्धिले बजारमा कारोबार रकममा उच्च बढोत्तरी आएको हो । यसअघि दैनिक २ अर्ब हाराहारीमा कारोबार हुँदै आइरहेको थियो ।

बुधबार नेप्से १६.४२ अंकको बढोत्तरीसँगै २०३७ दशमलव ०६ बिन्दुमा पुगेको छ । पछिल्लो ७ दिनमा नेप्सेमा कुल १३६ दशमलव ४७ अंकको वृद्धि आएको छ । बुधबार ४६.६३ अंकले बढेर दिउँसो साढे १ बजे नेप्से परिसूचक २०६७ दशमलव १० बिन्दुमा पुगेर फर्किएर कारोबार बन्द हुनुभन्दा १० मिनेटअघि तीन अंकले ऋणात्मक भएको थियो । त्यसपछि क्रमशः उकालो लागेर कारोबारको अन्त्यमा १६.४२ अंकले बढेर नेप्से बन्द भयो ।

यसदिन बजारमा २७५ स्क्रिप्टको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ७९ हजार ४६१ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८३ रुपैयाँमा खरिद बिक्री भएको हो । मंगलबार ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४४ रुपैयाँको कारोबार भएकोमा बुधबार अघिल्लो दिनको तुलनामा ८९ करोड १२ लाख रुपैयाँले कारोबार बढेको हो । यसअघि २०७९ माघ ४ गते बुधबार सेयर बजारमा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार रकम पाँच महिनापछि ५ अर्ब नाघेको हो ।

बुधबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयरमूल्य बढेको छ । ११० कम्पनीको घट्दा १२ कम्पनीको स्थीर रहेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २८ करोड १७ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । खप्तड लघुवित्त र सिटि होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लेबलमा बढ्दा राष्ट्रिय बीमा कम्पनी र मोलुङ्ग हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस्तै कारोबारमा आएका १३ मध्ये ७ उपसमुहगत सूचकमा हरियाली छाउँदा ६ बटा घटेको छ । अन्य सर्वाधिक २.३५ प्रतिशतले बढेको बजारमा लघुवित्त १.७३ प्रतिशत, जीवन बीमा१.५८ प्रतिशत, बैंकिङ्ग १.२९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर, उत्पादन र म्युचुअल फन्डको सूचक सामान्य बढेको छ । विकास बैंक, फाइनान्स र होटल तथा पर्यटनमुलक करिब १ प्रतिशतले घटेको बजारमा लगानी, निर्जीवन बीमा र ब्यापार सामान्य घटेको छ ।


नेप्सेमा आएको वृद्धिले आज दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । खप्तड लघुवित्तको ९.९९ प्रतिशत बढेर ९४५ रुपैयाँ ४० पैसा पुग्दा सिटि होटलको ९.९५ प्रतिशत बढेर १६२ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ७.५२ प्रतिशत, आदर्श लघुवित्त ७.५२ प्रतिशत, लक्ष्मी लघुवित्तको सेयरमूल्य ६.६८ प्रतिशत, मिथिला लघुवित्तको ५.६६ प्रतिशत, जीवन विकास ५.४३ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ५.०५ प्रतिशतले वृद्धि भएको छ ।

उता आजको बजारमा राष्ट्रिय बीमा कम्पनी ५.६२ प्रतिशत र र मोलुङ्ग हाइड्रोपावरको सेयरमूल्य ५.०४ प्रतिशतले घटेको छ । शुभम् पावर लिमिटेडको ४.३१, युनिलिभर नेपाल लिमिटेडको ४.१२ र गणपति हाइड्रोपावरको सेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २८ करोड १७ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरीको २४ करोड ३३ लाख ९६ हजार, आईजीआई, नेपाल लाइफको १४ करोड ६५ लाख ४५ हजार, प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड ३४ लाख ३१ हजार र नेपाल टेलिकमको १२ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको सेयर हुँदै शीर्ष पाँचभित्र समेटिएका छन् । एनआईसी एशिया बैंक, सोल्टी होटल, नागरिक लगानी कोष, अपि पावर र अपर तामाकोशीको ८ करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

आज कारोबार संख्या र कारोबार रकम दुबैमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ५ लाख ३४ हजार ४५६ कित्ता सेयर ३ हजार ३८२ वटा संङ्ख्यामा खरिद बिक्री भएको छ ।

बुधबारको कारोबारपछि समग्र बजार पूँजीकरण २९ खर्ब ७८ अर्ब ८७ करोड ७२ लाख रुपैयाँमा समेटिएको छ । मंगलबार बजार पूँजीकरण २९ खर्ब ५४ अर्ब ८७ करोड १ लाख रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा २४ अर्बले पुँजीबकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।