गुडविल फाइनान्सको असार २१ गते साधारण सभा बस्ने, सेयरधनीलाई छैन लाभांश

0
Shares

गुडविल फाइनान्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा असार २१ गते हुने भएको छ ।

फाइनान्स कम्पनी सञ्चालक समितिको जेठ ३१ गते बसेको बैठकले हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे २८ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८-७९ को नाफाबाट कुनैपनि लाभांश वितरणको प्रस्ताव नगरेपछि फाइनान्सको सेयरधनीको हात यो वर्ष खाली हुने भएको छ । सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा आव २०७८-७९ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत गर्ने, लेखा समितिको सिफारिस बमोजिम आव २०७९-८० का लागि वर्तामान लेखापरीक्षक बिआरएस न्यौपाने एण्ड कम्पनीका पार्टनर ज्ञानेन्द्र बहादुर भारीलाई पुनः नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

गुडविल फाइनान्सले साधारण सभा प्रयोजनको लागि असार १२ देखि २१ गतेसम्म बुकक्लोज गर्ने जानकारी दिएको छ । बुकक्लोजको आधारमा असार ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्रसाधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।