माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित

0
Shares

माछापुच्छ्रे बैंक बैंक “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३ म्याक्सिमाइजिङ्ग कस्टूमर इन्गेज्मेन्ट गोल्ड” बाट सम्मानित भएको छ ।

बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल, भारत बैंग्लोरले प्रदान गर्ने “इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३ म्याक्सिमाइजिङ्ग कस्टूमर इन्गेज्मेन्ट गोल्ड” नामक पुरस्कार बाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरेसँगै बैंक सम्मानित भएको हो । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।

विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।