जेठमा बढेपनि समग्रमा घरजग्गा कारोबार आधाले घट्यो, एघार महीनामा ३३ अर्बको कारोबार

0
Shares

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को एघार महीनाको तुलनामा चालु आव २०७९/८० को सोही अवधिमा घरजग्गाको कारोबार आधा बढीले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको जेठ महीना (जेठ) सम्ममा ४ लाख १८ हजार ८२७ वटा घरजग्गा खरिद बिक्री हुँदा ३२ अर्ब ९५ करोड १९ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधि (एघार महीना) मा ६ लाख ९८ हजार बढी घर किनबेच हुँदा ६९ अर्ब ५५ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो । गत आवको तुलनामा घरजग्गाको कारोबार ३६ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ अर्थात ५२.६२ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०७८/७९ को बाह्र महीनामा ७ लाख ४५ हजार युनिट घरजग्गा किनबेच हुँदा ७५ अर्ब ६६ करोड राजश्व संकलन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७७/७८ मा ५० अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

सरकारले जग्गा वर्गीकरण गर्न नसक्दा त्यसको प्रभाव घरजग्गा व्यवसायमा देखिएको हो । जग्गाको कित्ताकाट गर्न नपाउँदा किनबेचसँगै कारोबार सुस्ताएको हो । घरजग्गाको बजारमा यो वर्ष गहिरो निराशा छाउनुमा पछाडि नेपाल राष्ट्र बैंकले ऋण लिएर घरजग्गा जस्ता क्षेत्रमा जाने रकमलाई रोक्न लिएको बाध्यकारी नीति पनि प्रमुख कारण हो । यसले कारोबार र सरकारले प्राप्त गर्ने राजश्व दुबै घटेको हो ।

महीना लिखत पारित कूल राजश्व संकलन
२०८० जेठ ५५ हजार ६९ वटा ३ अर्ब ७५ करोड ६० लाख १ हजार रुपैयाँ 
२०८० बैशाख ४२ हजार ४६१ वटा ३ अर्ब ६८ करोड ६० लाख ९२ हजार रुपैयाँ 
२०७९ चैत ४९ हजार १५० वटा ४ अर्ब ५१ करोड २६ लाख ९९ हजार रुपैयाँ 
२०७९ फागुन ४० हजार ७३४ वटा ३ अर्ब ५६ करोड  ८० लाख ५१ हजार रुपैयाँ 
२०७९ माघ ४१ हजार ८६ वटा ३ अर्ब ६९ करोड ९६ लाख ९५ हजार रुपैयाँ
 २०७९ पुस ३८ हजार ८७१ वटा ३ अर्ब ७१ करोड ५९ लाख ९७ हजार रुपैयाँ
२०७९ मंसिर २९ हजार १८४ वटा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ
 २०७९ कार्तिक २७ हजार ९२९ वटा ३ अर्ब ७६ लाख २५ हजार रुपैयाँ
 २०७९ असोज २५ हजार ७८९ वटा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार रुपैयाँ
२०७९ भदौ ३४ हजार ७२० वटा ३ अर्ब ५६ करोड २९ लाख ३ हजार रुपैयाँ 
२०७९ साउन ३३ हजार ८३४ वटा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार रुपैयाँ
कुल ४ लाख १८ हजार ८२७ वटा ३२ अर्ब ९५ करोड १९ लाख ५३ हजार

 

बैंकिङ प्रणालीमा देखिएको तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाबाट धेरै समय सहज रुपमा ऋण पाउने अवस्था रहेन । जसको कारण गत आवको अन्त्यदेखि घरजग्गा किनबेच घटेको थियाे । सरकारले वैशाखको पहिलो साता नै भू–उपयोग नियमावलीमा लचकता सहितको संशोधन गर्दै कित्ताकाट खुलाउने र बजेट मार्फत कित्ताकाट खुला गर्ने घोषणा गरेको छ । यद्यपी घरजग्गा लगानीकर्ताको मनोबल बढेपनि नीति कार्यान्वयनमा नआइसकेको हुँदा बजारमा निराशा भने कायम नै छ ।

गत आर्थिक वर्षदेखि चालु आवको तेस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरू लगानीयोग्य रकम अभावसँग जुध्दै आएका थिए । वित्तीय बजारमा देखिएको अप्ठ्यारो तथा नियामकको कडाइका कारण घरजग्गाको कारोबारमा असर पुगेको छ । चालु पुँजी कर्जाका नाममा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा जस्ता क्षेत्रमा जाने रकमलाई रोक्न केन्द्रीय बैंकले बाध्यकारी नीति बनाएपछि यो क्षेत्रमा प्रवाह हुने रकमको स्रोत सुक्न पुगेको थियो । पछिल्ला महीनामा बैंकहरुमा लगानीयोग्य रकम बढे पनि घरजग्गा क्षेत्रमा ऋणका रूपमा विस्तार हुन सकेको छैन ।

चालु पुँजी कर्जाका रूपमा ऋण लिएर व्यवसायीले ठूलो रकम घरजग्गा क्षेत्रमा लगानी गर्ने गरेकोमा कित्ताकाट रोक्का हुँदा चालु आवमा यो क्षेत्रमा कारोबार शिथिलभएको हो । घरजग्गा बिक्री भएर बजार चलायमान हुने प्रक्रिया रोकिँदा घरजग्गाको मूल्य पनि ओरालो लाग्न पुगेको छ ।

घरजग्गा कारोबार बढेसँगै जेठमा सरकारले उठायो पौने चार अर्ब राजश्व

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट सहज गर्ने निर्णय गरेसँगै त्यसको सकारात्मक असर घरजग्गा कारोबार र सरकारी राजस्व संकलनमा देखिएको छ । सरकारले २०८० जेठ महिनामा ५५ हजार ६९ वटा घरजग्गाको किनबेच भई लिखत पारित हुँदा ३ अर्ब ७५ करोड ६० लाख १ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो महीनाको तुलनामा ६ करोड ९९ लाख ९ हजार रुपैयाँ धेरै हो ।

बैशाखमा ४२ हजार ४६१ घरजग्गा किनबेच हुँदा ३ अर्ब ६८ करोड ६० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । बैशाखको तुलनामा जेठमा १२ हजार ६०८ वटा धेरै घरजग्गा किनबेच भएको तथ्याङ्क छ । चैतको तुलनामा बैशाखमा ६ हजार ६८९ वटा कम लिखत पारित हुँदा सरकारले प्राप्त गर्ने राजश्व पनि बैशाखमा ८२ करोड ६६ लाख ७ हजार रुपैयाँले घटेको थियो । चैतमा ४९ हजार १५० लिखत पारित हुँदा सरकारले ४ अर्ब ५१ करोड २६ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

मुख्य सहर बाहेक अन्य क्षेत्रमा घरजग्गा बढी कारोबार हुँदा कारोबार संख्या वृद्धिको तुलनामा राजस्व संकलनमा वृद्धि भने अपेक्षित रुपमा कम देखिएको विभागले जनाएको छ । रेमिट्यान्स आप्रवाहमा भएको सुधार बैंकिङ प्रणालीमा देखिएको तरलता संकट कम हुँदै गएर ब्याजदर घट्न थाल्दा कित्ताकाट रोकावट भए पनि जेठमा चालु आर्थिक वर्षकै धेरै घरजग्गाको कित्ताकाट भएको छ । जेठमा ४७ हजार ५५९ वटा जग्गा कित्ताकाट भई १ लाख ८ हजार ३०२ कित्ता कायम भएको छ । यो हालसम्मकै उच्च हो । वैशाखमा ३१ हजार ६९४ जग्गा वर्गीकरण भई ७० हजार ६१७ कित्ता कायम भएको थियो । राष्ट्र बैंकका अनुसार पछिल्लो समय मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रँदै आएको छ । बैशाखमा मात्रै १ खर्ब १ अर्ब ७९ करोड रेमिट्यान्स आप्रवाह भएको तथ्याङ्क छ । चालु आवको दश महीनामा कुल १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।

सरकारले गत वैशाख ५ गते भू–उपयोग सम्बन्धि नियमावलीमा पहिलो संशोधन स्वीकृत गर्दै जग्गाको कित्ताकाट सहज बनाउने निर्णय गरेको थियो भने बजेट मार्फत कित्ताकाट खुला गर्ने घोषणा गरेको थियो । कित्ताकाट सहज बनाउने निर्णय कार्यान्वयनमा आइसकेको नभएपनि सरकारको निर्णयले कारोबार चलायमान देखिएको हो । अर्कोतर्फ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि मौद्रिक नीति मार्फत घरजग्गा क्षेत्रमा केही खुकुलो नीति अंगाल्ने बताएपछि घरजग्गा व्यवसायीहरुको सक्रियता बढेसँगै कारोबार र राजश्व दुबैमा सुधार देखिएको हो ।

जेठमा रजिष्ट्रेशन दस्तुर वापत मात्रै २ अर्ब ४२ करोड संकलन

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा पौने ४ अर्ब राजस्व संकलन हुँदा रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ४२ करोड २६ लाख २१ हजार रुपैयाँ, पुँजीगत लाभकरवापत १ अर्ब २८ करोड ८ लाख ८४ हजार रुपैयाँ, सेवा कर वाापत २८ करोड रुपैयाँ, बागमतीबाट ९ करोड ८४ लाख ९१ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क वापत ३ करोड ७७ लाख ६१ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधिमा जेठमा सरकारले ३६ करोड ९८ लाख ८५ हजार रुपैयाँ छुट दिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठमा ४ हजार ७१९ वटा घरजग्गा नामसारी, ७ हजार ५१८ वटा संशोधन, ४० हजार ५४९ वटा रोक्का र ३० हजार ८०९ वटा फुकुवा र २९ वटा अपर्टामेन्ट जेठमा बिक्री भएका छन् । वैशाखमा उपत्यकामा रहेका ९ वटा मालपोत कार्यालयहरुबाट ३ हजार ६८३ वटा घरजग्गा किनबेच भएकोमा जेठमा १ हजार ५२ वटाले बढेर ४ हजार ७३५ वटा घर किनबेच भएका छन् ।

राजस्व संकलनमा उपत्यकामा हुने घरजग्गाको योगदान उच्च

राजस्व संकलनमा उपत्यकामा हुने घरजग्गाको योगदान उच्च रहेको छ । उपत्यकामा घरजग्गा कारोबार कम भएपनि जग्गाको मूल्य उच्च हुँदा राजस्व संकलनमा ठूलो योगदान देखिएको हो । जेठमा लगनखेल ललितपुर मालपोत कार्यालयबाट राजस्व संकलन भएको छ । उक्त मालपोत कार्यालयबाट ३१ करोड ४६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसैगरी भक्तपुर मालपोत कार्यालयबाट २३ करोड ४६ लाख ४३ हजार रुपैया, कलंकीबाट २१ करोड ५२ लाख १७ हजार रुपैयाँ, मालपोत कार्यालय चावहिलबाट २० करोड ३० लाख ८२ हजार रुपैयाँ, डिल्लीबजारबाट १९ करोड ८५ लाख ५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै चितवनबाट १५ करोड ९७ लाख १७ लाख रुपैयाँ, कास्कीबाट १४ करोड १२ लाख ४० हजार रुपैयाँ र मालपोत कार्यालय इनरुवा सुनसरीबाट ११ करोड ५४ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय जेठ महीनाकाे कूल राजश्व संकलन (रकम रू)
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर 314637664
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर 238643614
मालपोत कार्यालय कलंकी, काठमाण्डौं 215217885
मालपोत कार्यालय चावहिल, काठमाण्डौं 203082839
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाण्डौ 198505136
मालपोत कार्यालय चितवन 159717516
मालपोत कार्यालय कास्की 141240781
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी 115411675
मालपोत कार्यालय साँखु, काठमाण्डौं 99119178
भूमिसुधार तथा मालपोत कार्यालय पर्सा 91926271
मालपोत कार्यालय काभ्रेपलान्चोक 90947390
मालपोत कार्यालय रुपन्देही 87242154
मालपोत कार्यालय मनमैजु, काठमण्डौं 82591458
मालपोत कार्यालय बुटवल, रुपन्देही 79234512
भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर, मोरङ 77289284
भूमिसुधार तथा मालपोत कार्यालय धनगढी, कैलाली 76994344
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा 68231707
मालपोत कार्यालय टोखा, काठमाण्डौं 67941777
भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँके 66874353
भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा 59931525
मालपोत कार्यालय बेलवारी, मोरङ 56967680
मालपोत कार्यालय मकवानपुर 54006098
मालपोत कार्यालय लेखनाथ, कास्की 53635325
मालपोत कार्यालय चनौली, चितवन 51191664
मालपोत कार्यालय टिकापुर, कैलाली 42389177
मालपोत कार्यालय खैरहनी, चितवन 41926957
भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बारा 41861674
मालपोत कार्यालय लाहान, सिराहा 39492793
मालपोत कार्यालय दमक, झापा 36887024
मालपोत कार्यालय कावासोती, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) 36117712
भूमिसुधार तथा मालपोत कार्यालय परासी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) 35669449
मालपोत कार्यालय तनहुँ 35635081
भूमिसुधार तथा मालपोत कार्यालय महेन्द्रनगर, कन्चनपुर 34274892
मालपोत कार्यालय सिमारा, बारा 31845692
भूमिसुधार तथा मालपोत कार्यालय घोराही, दाङ 29842015
भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलबस्तु 28351805
भूमिसुधार तथा मालपोत कार्यालय गुलरिया, बर्दिया 27593801
मालपोत कार्यालय तुलसीपुर, दाङ 25705330
मालपोत कार्यालय सुर्खेत 25331059
भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर, महोत्तरी 21946969
मालपोत कार्यालय नुवाकोट 21900785
भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी 21777899
मालपोत कार्यालय बेलौरी, कन्चनपुर 20910810
मालपोत कार्यालय धरान, सुनसरी 19828521
मालपोत कार्यालय धादिङ 19052956
मालपोत कार्यालय सिन्धुली 18664864
मालपोत कार्यालय चन्द्रनिगाहपुर, रौतहट 17820408
भूमिसुधार तथा मालपोत कार्यालय सिराहा 16803383
मालपोत कार्यालय उदयपुर 16731334
भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाही 15855762
मालपोत कार्यालय रङ्गेली, मोरङ 14469047
मालपोत कार्यालय हरिवन, सर्लाही 14339455
मालपोत कार्यालय बर्दिवास, महोत्तरी 13810834
भूमिसुधार तथा मालपोत कार्यालय गौर, रौतहट 13434118
मालपोत कार्यालय गरुडा, रौतहट 12605208
मालपोत कार्यालय सिन्धुपाल्चोक 10755855
मालपोत कार्यालय माडी, चितवन 10470330
मालपोत कार्यालय रुकुम (पश्चिम) 10103962
मालपोत कार्यालय चन्द्रौटा, कपिलवस्तु 9587884
मालपोत कार्यालय पर्वत 9292584
मालपोत कार्यालय मौलापुर, रौतहट 7980006
मालपोत कार्यालय लमजुङ 7643896
मालपोत कार्यालय वरहथवा, सर्लाही 7555148
मालपोत कार्यालय लमही, दाङ 7047284
मालपोत कार्यालय वालिङ्ग, स्याङ्जा 6871282
मालपोत कार्यालय ईलाम 6621843
मालपोत कार्यालय खांदवारी, संखुवासभा 6585814
मालपोत कार्यालय दोलखा 6125965
मालपोत कार्यालय शिखरकोट, मकवानपुर 6089237
मालपोत कार्यालय बाग्लुङ 6054152
मालपोत कार्यालय कटारी, उदयपुर 5427270
मालपोत कार्यालय मेहेलकुना, सुर्खेत 4862008
मालपोत कार्यालय गोरखा 4848555
मालपोत कार्यालय कन्चनपुर, सप्तरी 4380059
मालपोत कार्यालय राजापुर, बर्दिया 4370919
मालपोत कार्यालय सोलुखुम्बु 3982181
मालपोत कार्यालय पाल्पा 3953726
मालपोत कार्यालय रामपुर, पाल्पा 3683621
मालपोत कार्यालय रामेछाप 3496228
मालपोत कार्यालय सल्यान 3317714
मालपोत कार्यालय मझगवा,रुपन्देही 3183116
मालपोत कार्यालय स्याङजा 3043383
मालपोत कार्यालय अर्घाखाँची 2999892
मालपोत कार्यालय सिम्रौनगढ, बारा 2840229
मालपोत कार्यालय ओखलढुङ्गा 2738455
मालपोत कार्यालय पाँचथर 2389759
मालपोत कार्यालय धनकुटा 2239309
मालपोत कार्यालय म्याग्दी 2233453
मालपोत कार्यालय डोटी 1916285
मालपोत कार्यालय प्यूठान 1797607
मालपोत कार्यालय गुल्मी 1641550
मालपोत कार्यालय गोटीखेल, ललितपुर 1567854
मालपोत कार्यालय ताप्लेजुङ 1558011
मालपोत कार्यालय बुर्तीवाङ, बाग्लुङ 1557194
मालपोत कार्यालय खोटाङ 1481883
मालपोत कार्यालय जाजरकोट 1305597
मालपोत कार्यालय रसुवा 1056006
मालपोत कार्यालय बैतडी 1051774
मालपोत कार्यालय जुम्ला 1025594
मालपोत कार्यालय रोल्पा 995447
मालपोत कार्यालय मंगलबारे, ईलाम 986971
मालपोत कार्यालय दैलेख 948745
मालपोत कार्यालय कालिकोट 927533
मालपोत कार्यालय, जसपुर (प्यूठान) 898914
मालपोत कार्यालय रुकुमकोट, रुकुम (पूर्व) 838955
मालपोत कार्यालय भोजपुर 776060
मालपोत कार्यालय दार्चुला 754519
मालपोत कार्यालय चैनपुर, संखुवासभा 627841
मालपोत कार्यालय  दिङ्गला, भोजपुर 600112
मालपोत कार्यालय, दुल्लु (दैलेख) 574668
मालपोत कार्यालय मुस्ताङ 524342
मालपोत कार्यालय डडेंलधुरा 517823
मालपोत कार्यालय तेह्रथुम 503726
मालपोत कार्यालय मुगु 439975
मालपोत कार्यालय, संक्रान्तीबजार 384938
मालपोत कार्यालय बाजुरा 358646
मालपोत कार्यालय झोताभैरव,बझाङ 354956
मालपोत कार्यालय, खिजीफलाटे 328424
मालपोत कार्यालय घर्तिगाउँ, रोल्पा 289514
मालपोत कार्यालय बझाङ 268966
मालपोत कार्यालय, मजुवाबजार 251180
मालपोत कार्यालय अछाम 249450
मालपोत कार्यालय हुम्ला 197623
मालपोत कार्यालय खोटाङबजार,खोटाङ 109967
मालपोत कार्यालय डोल्पा 48240
मालपोत कार्यालय मनाङ 27174
मालपोत कार्यालय, सिर्दिवास 23900
कुल 3,75,60,01,794

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।