भुगोल इनर्जी डेभलपमेन्टको नोक्सानीमा सुधार

0
Shares

भुगोल इनर्जी डेभलपमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८४ लाख ४९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आवको सोही अवधिसम्ममा ६ करोड ४७ लाख १४ हजार नोक्सानीमा रहेको थियो । पछिल्लो एक वर्षमा कम्पनीको ५ करोड ६२ लाख ६५ हजार रुपैयाँले नोक्सानीमा सुधार भएको हो ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ३७ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्ममा २ करोड ३४ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्रीबाट आम्दानी ४४ प्रतिशतले बढेपछि समग्र वित्तीय अवस्था पनि सुधारिएको हो ।

गत आवको यसै अवधिमा ६० लाख ६८ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको सञ्चालन नाफा तेस्रो त्रैमासमा बढाएर २ करोड ७७ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । यद्यपी वित्तीय खर्च ३ करोड ६१ लाख ८९ हजार रुपैयाँ गरेपछि कम्पनी ८४ लाख ४९ हजार नोक्सानीमा पुगेको हो ।

चुक्ता पुँजी ३८ करोड ८ लाख ३७ हजार ४०० रुपैयाँ छ रहेको कम्पनीको जगेडा कोष २७ करोड २३ लाख ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ १८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ २१ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३० रुपैयाँ ११ पैसा रहेको छ ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको १३ लाख ४६ हजार ९९३ कित्ता साधारण सेयर २०७९ चैत २३ देखि २७ गतेसम्म निष्कासन गरी २०८० बैशाख ३ गते गते बाँडफाँड भएको थियो । कम्पनीको सेयर रीतपूर्वक आवेदन दिनेमध्ये १ लाख ३४ हजार ६९९ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको १ लाख ८ हजार ८११ कित्ता सेयरका लागि आवेदन खुला गरिएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।