दुई सातापछि नेप्सेले फेरि हान्यो ‘हाफ सेञ्चुरी’, लगातार ९ दिन बढेपछि सूचक २१ सय बिन्दुमा

0
Shares

सेयर बजारमा दुई सातापछि पुनः आधा शतभन्दा बढीले बढेको छ । यसअघि जेठ २१ गते आइतबार नेप्से ५३ अंकले बढेकोमा त्यसको दुई सातापछि असार ३ गते आइतबार नेप्से ५२.२६ अंकले उकालो लागेको हो ।

यसबीचमा नेप्से सूचक जेठ २३ गते २५ अंक, जेठ २८ गते ४० र जेठ ३० गते ३४ अंकको उच्च वृद्धि भएको थियो । जेठ २२ गते सोमबार १७ अंकले घटेको बजार त्यसयताको ९ कारोबार दिनमा कुल १९२.३२ अंकले वृद्धि भएको छ । यस्तै सेयर बजारमा जेठ ३१ गते बुधबार एकैदिन ५ अर्ब बढीको सेयर खरिद बिक्री भएको थियो । दैनिक २ अर्ब हाराहारीमा कारोबार हुँदै आइरहेको सेयर बजारमा उक्त दिन ५ अर्ब १ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आइतबार नेप्से ५२.२६ अंकको बढोत्तरीसँगै २०९४ दशमलव ३३ बिन्दुमा पुगेको छ । बुधबार कायम भएको बिन्दु इन्ट्रा डे कै उच्च हो । यसदिन बजारमा २८० स्क्रिप्टको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर ७० हजार ६४७ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा खरिद बिक्री भएको हो । गत बिहीबार ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा १ अर्ब ७० करोड ६३ लाख रुपैयाँले कारोबार बढेको हो ।

आइतबार कारोबारमा आएका २८० मध्ये २३३ कम्पनीको सेयरमूल्य बढेको छ । ४० कम्पनीको घट्दा ६ कम्पनीको स्थीर रहेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १४ कम्पनीके सेयरमूल्य ९ प्रतिशत बढीले बढ्दा ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शुभम् पावर र सिटिजन्स म्युचुअल फन्ड–२ को इकाइमूल्य ५ प्रतिशतभन्दा बढीे घटेको छ ।

बैंकिङ्ग बाहेक सबै उपसमुहगत सूचकमा हरियाली

आइतबार कारोबारमा आएका १३ मध्ये १२ उपसमुहगत सूचकमा हरियाली छाउँदा बैंकिङ्ग भने घटेको छ । बैंकिङ्ग ०.२९ प्रतिशतले घटेको बजारमा जीवन बीमा सर्वाधिक ६.३८ प्रतिशत, होटल तथा पर्यटनमुलक ६.१५ र अन्य ६ प्रतिशतले बढेको छ । यस्तै आजको बजारमा निर्जीवन बीमा ४.६८, जलविद्युत ३.९७, ब्यापार ३.४३, लघुवित्त २.७२ र फाइनान्स २.१२ प्रतिशत बढेको छ ।

चौध कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढी बढ्यो

नेप्सेमा आएको वृद्धिले आज १४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । ६ कम्पनीको सेयरमूल्यमा त सर्किट नै लागेको छ । यसदिन नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, ग्रीन भेञ्चर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, मेन्छियम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै सिटि होटल ९.९६, महुली लघुवित्त ९.९५, साधना लघुवित्त ९.८३, श्वेतगंगा हाइड्रोपावर ९.८०, नेशनल हाइड्रोपावर ९.७४, आइएमई जनरल इन्स्योरेन्स ९.६३, एनएलजी इन्स्योरेन्स ९.२१ र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९.१७ प्रतिशतले बढेको छ । सोल्टी होटल, शिवम् सिमेन्टस्, नेपाल लाइफ, फस्ट माइक्रोफाइनान्स, सूर्यज्योति लाइफ र सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा शुभम् पावरको सेयरमूल्य ५.५८ प्रतिशत र सिटिजन्स म्युचुअल फन्ड–१ को इकाइमूल्य ५.३१ प्रतिशतले घटेको छ । अभियान लघुवित्त ४.०८, भुगोल इन्र्जी डेभलपमेन्टको ३.७३ र मकर जितुमायाको २.७९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

शिवम सिमेन्टसको साढे ३६ करोडको कारोबार

कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३६ करोड ६४ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९३ लाख ५८ हजार, सोल्टी होटलको १६ करोड ६६ लाख, नेपाल लाइफको १६ करोड ५४ लाख २४ हजार र नेपाल टेलिकमको १४ करोड ७४ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै आइतबार हिमालयन डिष्टिलरीको १४ करोड १९ लाख ५ हजार, नागरिक लगानी कोषको ११ करोड ६२ लाख ४७ हजार, माथिल्लो तामाकोशीको ११ करोड ७८ हजार, ग्रामीण विकास लघुवित्तको संस्थापक १० करोड ३९ लाख ४३ हजार र सुर्याज्याति लाइफ इन्स्योरेन्सको ९ करोड ८४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार संख्या र कारोबार रकम दुबैमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ६ लाख ४९ हजार ६०५ कित्ता सेयर ३ हजार वटा संङ्ख्यामा खरिद बिक्री भएको छ ।

आइतबारको कारोबारपछि समग्र बजार पूँजीकरण ३० खर्ब ६३ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिन बिहीबार २९ खर्ब ८६ अर्ब १९ करोड ५८ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा ७७ अर्ब १५ करोडले पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।