ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटललाई प्राप्ती गर्ने प्रस्ताव पारित

0
Shares

ग्लोबल आइएमई क्यापिटलले बिओके क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । आइतबारको सम्पन्न भएको विशेष साधारण सभाले बिओके क्यापिटल मार्केटलाई गाभ्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

क्यापिटलका माउ बैंकहरु गाभिएको ६ महिनाभित्र सम्पन्न गरी एक मात्र सहायक कम्पनी कायम गरी सक्नुपर्ने व्यवस्था रहेकाले दुई क्यापिटल एक भएका हुन् । ग्लोबल आइएमई बैंक र साविक बैंक अफ काठमाण्डु एक आपसमा गाभिई मिति २०७९ पुस २५ गतेदेखि एकीकृत रुपमा वित्तीय कारोबार सञ्चालन भैसकेको छ ।

यस्तो अवस्थामा नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।

सभाले क्यापिटलका विभिन्न गतिविधिहरु सफलताका साथ सम्पन्न गर्न निरन्तर सहयोग प्रदान गर्न मुख्य कम्पनी ग्लोबल आइएमई बैंक, सेयरधनीहरु, सञ्चालकहरु, कर्मचारी वर्ग, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लि., नेपाल स्टक एक्सचेन्ज लि., आम सञ्चार माध्यम लगायत यस कम्पनीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्पूर्ण सरोकारवालाहरु आभार एवं कृतज्ञता व्यक्त गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रुपमा कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सञ्चालन भई विगत १५ (पन्ध्र) वर्षदेखि सेवा प्रदान गर्दै आएको छ ।

यस्तै बि.ओ.के. क्यापिटल मार्केटको विशेष साधारण सभाले पनि ग्लोबल आइएमई क्यापिटलसँग गाभिई एउटै कम्पनी बनाउने प्रयोजनको निमित्त आजै असार ३ गते आइतबारको गाभिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।