हुन्डाईले प्रभु बैंकसँगको सहकार्यमा ९.९९ प्रतिशत व्याजदरमा विद्युतीय गाडी उपलब्ध गराउने


नेपालका लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रभु बैंकसँगको सहकार्यमा सस्तो व्याजदरमा विद्युतीय गाडी उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार हुण्डाईका कोना र आयोनिक ५ मोडलका विद्युतीय सवारी साधन ९.९९ प्रतिशतको व्याजदरमा उपलब्ध गराउन बैंकसँग सहकार्य गरिएको हो ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंकसँग सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ । जस अनुसार पहिलो पर्षको लागि ९.९९ प्रतिशतको व्याजदरमा बैंकको ३०१ वटै शाखाबाट विद्युतीय सवारीको फाइनान्सिङ सेवा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार ३ भेरियन्टमा उपलब्ध हुण्डाई कोनाको एनएसको मूल्य ६० लाख ९६ हजार, जीएलको ६१ लाख ९६ हजार र जीएलएसको ६४ लाख ९६ हजार रुपैयाँ पर्नेछ । साथै आयोनिक ५ जीएलएस पभजन रुफको बजार मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ पर्नेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभरका १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।